गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेस खोटाङको मत गणना राति १० बजे सुरु गरिने कांग्रेस खोटाङको मत गणना राति १० बजे सुरु गरिने Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, २०:३९ मा प्रकाशित खोटाङ – नेपाली कांग्रेस खोटाङको मतदानको मत गणना रातभर गरिने भएको छ । बुधबार साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेबाट दिक्तेलको सरस्वती माविमा मत गणना सुरु गर्ने तयारी गरिएको कांग्रेस सभापति नरेश श्रेष्ठले बताए । कांग्रेसको सातौं जिल्ला अधिवेशनमा क्षेत्रीय कार्य समिति (प्रदेश क र ख)बाट करिब १ हजार ४०० क्षेत्रीय प्रतिनिधि सहभागी भएका थिए । कांग्रेस जिल्ला कार्य समितिको सभापति सहित सात पदाधिकारी, ३२ जिल्ला सदस्य र २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनौट गर्दै कांग्रेसको अधिवेशन सकिने छ । कांग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्व सभापति विष्णुकुमार राईबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । आगामी राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्व राज्यमन्त्री राई रामचन्द्र पौडेल निकट पूर्व सभापति राई आमनेसामने भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो सहकारीको ब्याजदर तत्काल नबढाउन रजिस्ट्रारलाई दबाब होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने टोटनहमको कठिन जित काठमाडौं महानगरको मतगणना सुरू, वडा नम्बर १ र ३२ को मतपेटिका खोलियो राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो सहकारीको ब्याजदर तत्काल नबढाउन रजिस्ट्रारलाई दबाब होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने टोटनहमको कठिन जित काठमाडौं महानगरको मतगणना सुरू, वडा नम्बर १ र ३२ को मतपेटिका खोलियो राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ ।