२०८१ जेठ १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान

सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान


काठमाडौं – आर्थिक वर्ष २०७७÷७८ मा नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्त वित्तीय संस्था लि. सम्मानित भएको छ ।

दशौं राष्ट्रिय कर दिवसको अवसरमा बिहिबार एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाददुलालले जानकारी दिए। उनका अनुसार करदाता सेवाकार्यालय गल्छी धादिङआयोजित उक्त कार्यक्रमा धादिङ तथा नुवाकोट जिल्लाको १÷१ जना उत्कृष्ट कर दाता कार्यलयको प्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘घ‘वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्तआशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नकानिम्तिआशा‘‘भन्ने मुलनाराका साथककनी – ६ नुवाकोटमा केन्द्रीयकार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको थियो ।

हालसम्मवित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखाकार्यालयहरु मार्फत करीब ६७हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ