२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि ५ मंसिरमा बुकक्लोज गर्दै छ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र लघुवित्तको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले १६ मंसिरको बिहान ११ बजे आम्रपाली व्याङ्केट भाटभाटेनी काठमाडौंमा साधारणसभा आह्वान गरेको छ । साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत अर्थात आठ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत अर्थात ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ