२०८० असोज ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमेरिकाले नेपाललाई अनुदानमा खोप दिने

अमेरिकाले नेपाललाई अनुदानमा खोप दिने


काठमाडौं । नेपालले अमेरिकाबाट अनुदान स्वरुप कोभ्याक्स सुविधाअन्र्तगत कोरानाविरुद्धको खोप पाउने भएको छ ।

ह्वाइटहाउसले बिहिबार जारी  गरेकाे  प्रेस विज्ञप्तिमा   नेपालसहित विश्वभरका विभिन्न देशहरुले २ करोड २५ लाख डोज सहयोग गर्ने जनाएको छ । उक्त पहिलो चरणको सहयोगमा दक्षिण एसियाका -८ र दक्षिणपूर्वी एसियाका -११ राष्ट्रलाई ७० लाख मात्रा खोप उपलब्ध गराउने छ ।

उक्त खोप सुविधा पाउने दक्षिण एसियममा नेपाल,भारत,पाकिस्तान,बंगलादेश,भुटान,माल्दिभ्स,श्रीलंका र अफगानिस्तान रहेका छन् ।
त्यसैगररि दक्षिण पूर्वी एसियामा मलेसिया, थाइल्यान्ड,म्यानमार,इन्डोनेसिया,सिंगापुर, पूर्वीटमोर,कम्बोडिया,लाओस,भियतनाम,ब्रुनाई र फिलिपिन्स छन् ।
उक्त अनुदानको खोप जुन १५ सम्ममा उपलब्ध गराईसक्ने ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ