२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान

स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान


काठमाडौं । स्थापनाको छोटो समयमै गुणस्तरीय लघुवित्तीय सेवा प्रदान गरेर आफ्नो छुट्टै साँख कायम राख्न सफल स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुलाई कृषि विकास बैंक, प्रादेशिक तालिम केन्द्र लेटाङ्ग, मोरङ्गमा १ दिने व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ ।

सो तालिममा शाखा प्रबन्धकहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले कार्यरत सम्पुर्ण कर्मचारीहरुको क्षमता, दक्षतावृद्धि गरि लघुवित्तीय सेवा विस्तार गर्ने वित्तीय संस्थाको लक्ष्य रहेको बताउनु भयो ।

तालिममा शाखा प्रबन्धकहरुलाई लेखा व्यवस्थापन, सुचना प्रविधिका बारेमा विभागीय प्रमुख तोयानाथ पोखरेलले जानकारी गराउनु भयो । त्यसैगरी अर्को विभागीय प्रमुख धिरेन्द्रलाल कर्णले  संस्थामा शाखा प्रबन्धकको कस्तो भुमिका हुन्छ र संस्था प्रति शाखा प्रमुखको मुख्य दायित्व रहेकाे  जानकारी गराए ।

शाखा प्रबन्धकको व्यवस्थापकीय भुमिका, महत्व, चुस्त दुरुस्त कार्य गर्ने तरिका तथा समय व्यवस्थापनका बारेमा प्रमुख कार्यकारी अधिकृत जीवन खनालले जानकारी गराउनु भयो । उक्त तालिममा कर्जा विभाग प्रमुख भगवानी साहको पनि उपस्थिती थियो ।

लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले १२ वटा शाखा कार्यालय मार्फत न्युन आय भएका महिलाहरुलाई उद्यमशील बनाई सामाजिक तथा आर्थिक जीवनस्तर उकास्न  भुमिका खेल्दै आफ्नो सेवा प्रदान गरिरहेको छ ।

अनुभवी,बहुप्रतिभाशाली जीवन खनालले सम्भवत वित्तीय क्षेत्रमा कम उमेरमै प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । साथै उनको कुशल व्यवस्थापनीय नेतृत्वले  यस वित्तीय संस्था आफ्नो प्रगतिपथमा रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ