२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल इन्भेस्टमेन्ट बैकले ३५ औं स्थापना दिवस मनायो

नेपाल इन्भेस्टमेन्ट बैकले ३५ औं स्थापना दिवस मनायो


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले स्थापनाको ३५औं  वार्षिकोत्सव मनाएको छ ।  ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत बैंकले गा्रहाकलाई गुणस्तरीय बैंकिङ सेवा दिदै आइरहेको छ ।

यस अवधिमा २९ अर्ब रुपैयाँको पुँजी साइजको साथमा संगठित क्षेत्र, साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत १२ लाख भन्दा बढी गा्रहाक रहेको बैंकको १६९ अर्बको निक्षेप संकलन रहेको छ भने १५५ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेको छ ।

विपन्न वर्ग तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा बैंकिङ सुविधा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्‍याउँदै आएको छ । बैंकले ५ अर्ब बढीको देशभरि वित्तीय आवश्यकता बढी रहेका ३० हजार बढी व्यक्तिलाई सिधै लघुकर्जा उपलब्ध गराएको जनाएको छ ।

बैंकले स्थापनाको ३५ औ वर्षको अवसर पारेर स्वास्थ्यकर्मीका लागि उचित ब्याजदर प्रवद्र्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ । बैंकले डेबिट कार्ड, ईएमआईसहित क्रेडिट कार्ड, लकर, ई-कमर्स (ई-कम)/अनलाइन भुक्तानी र एसएमई/खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्ने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ