२०८१ असोज १६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहिमालयन बैंकको ३० औं साधारण सभा सम्पन्न

हिमालयन बैंकको ३० औं साधारण सभा सम्पन्न


काठमाडौँ । हिमालयन बैंकको ३० औं साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौको सोल्टी होटलमा सम्पन्न भएको सभाले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम भएको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निणर्य पारित गरेको हो ।

साधारणसभाले सिभिल बैंकसँग मर्जरमा जाने निणर्य पनि पारित गरेको छ । दुवै बैंक छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार गर्ने प्रक्रियामा छन् ।
साधारणसभाले विजय बहादुर श्रेष्ठलाई निर्विरोध रुपमा सर्वसाधारण सेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ ।

सभाले नेपाल सिभिल बैंकसँग मर्जरमा जाने निणर्य पनि पारित गरेको छ । नेपाल हिमालयन बैंकको १०० कित्ता शेयर बराबर सिभिल बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ती कार्यलाई अन्तिम स्वीकृति दिएको छ ।

हिमालयन बैंक र सिभिल बैंक मर्जर पश्चात ‘हिमालयन बैंक लिमिटेड’ कै नाममा एकिकृत कारोबार गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ