काठमाडौं – नेपाल एसबीआई बैंकको वार्षिक साधारण सभा पुस २५ गते बस्ने भएको छ । उक्त सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँको ७.५३ प्रतिशतले हुन आउने ७३ करोड ९८ लाख ८६ हजार ७३९ रुपैया बराबरकाे नगद लाभाशं र हाल कायम चुक्ता पुँजीकै ३ प्रतिशत हुन आउने २९ करोड ४७ लाख ७५ हजार ५९३ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।