२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा


काठमाडौं । प्रभु बैंकको २१ औँ वार्षिक साधारणसभा आउँदो पुस १४ गते हुने भएको छ।

बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निणर्य गरेको हो।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्नो शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाबाट सेञ्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । त्यसैले मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ