२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगु संक्रमितकाे संख्या ३३ हजार ९७५, ४४ जनाकाे मृत्यु

डेंगु संक्रमितकाे संख्या ३३ हजार ९७५, ४४ जनाकाे मृत्यु


काठमाडौं-डेंगुकाे संक्रमणबाट ४४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ