२०८२ वैशाख २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसन्दीप २० असोजमा नेपाल आइपुग्ने

सन्दीप २० असोजमा नेपाल आइपुग्ने


काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सन्जालमार्फत बताएका हुन ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससंगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ  । संगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए ।

त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ