२०८२ वैशाख २६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगुबाट २१ हजार बढी संक्रमित ,२७ जनाको मृत्यु

डेंगुबाट २१ हजार बढी संक्रमित ,२७ जनाको मृत्यु


काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल सम्म डेंगुबाट २७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै डेंगुबाट २१ हजार ३ सय ५२ जना संक्रमित भएका छन् । तीब्र रुपमा फैलिइरहेको डेंगु संक्रमण ७६ जिल्लामा पुगेको छ ।
डेंगुबाट सबैभन्दा प्रभावित बागमती प्रदेशमा १६ हजार २ सय ३६ जनामा डेंगु संक्रमण भएको छ भने लुम्बिनीमा २ हजार ७ सय ४३ जना डेंगुबाट संक्रमित भइसकेका छन् ।

यस्तै, सुदूरपश्चि प्रदेशमा ७ सय ५८, प्रदेश नं. १ मा ५ सय ८५, गण्डकी प्रदेशमा ४ सय ९६, मधेश प्रदेशमा ३ सय ५ र कणर्ाली प्रदेशमा २ सय २९ जना डेंगु संक्रमण भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार अहिले महाशाखाले १ सय ३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नका लागि बजेट बिनियोजन गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ