गृहपृष्ठ ∕ समाचार ∕ समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन Karobarpati सोमबार, २०७९ भदौ २७ गते, २०:१८ मा प्रकाशित काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले भाद्र २७ गते बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धर सहित प्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए । त्यस्तै चाँडै नै आठौ शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताए । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ट्रेण्डिङ श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने कर्जा बढ्दै, निक्षेप घट्दै जाल्पा लघुवित्तमा रोजगारीको अवसर मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने कर्जा बढ्दै, निक्षेप घट्दै जाल्पा लघुवित्तमा रोजगारीको अवसर मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा