२०८२ वैशाख २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट (फोटो फिचर)

काठमाडौं महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट (फोटो फिचर)


काठमाडौं –काठमाडौं  महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । प्रमुख बालेन्द्र साह (बालेन)को नेतृत्वको महानगरको टोलीले शुक्रबार विभागको बेसमेन्ट खाली गराएको हो । 

भवनको नक्सा पासविपरीत बनेका संरचना भत्काउन थालेको महानगरले सोहीअनुरुप विभागको बेसमेन्ट खाली गराएको हो । सवारी पार्किङका लागि अनुमति लिएर बनाएको बेसमेन्टमा रहेका कुर्सीसहितका सामान महानगर हटाएको हो ।

सोमबार, बुधबार, बिहीबार नयाँ बानेश्वर, शंखमुल, सुन्धरा र न्युरोड, कोटेश्वरसहितका क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको महानगरले फुटपाथ पनि खाली गराएको छ ।

सोहीअनुसार शुक्रबार मेयर बालेन आफैं उपस्थित भएर राहदानी विभागको बेसमेन्ट खाली गराएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ