२०८२ वैशाख २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना 

महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना 


काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ ।

३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो ।

तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो ।

बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुगे ।  घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो ।

गत सोमबार नयाँ बानेश्वरमा र बुधबार सुन्धरा, न्यूरोडसहितका स्थानमा अवैध संरचना महानगरले भत्काएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ