गृहपृष्ठ ∕ समाचार ∕ ६३ स्थानीय तहले बजेट पेश गरेनन् ६३ स्थानीय तहले बजेट पेश गरेनन् Karobarpati शुक्रबार, २०७९ साउन २७ गते, १३:५६ मा प्रकाशित काठमाडौं । देशका ७५३ पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरु भएर भुक्तानी प्रक्रिया सुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले जानकारी दिए । मन्त्रालयका अनुसार हालसम्म पनि बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ३९ स्थानीय तह छन् । मधेश प्रदेशमा कूल १३६ वटा पालिका छन् । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगराएका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमती प्रदेशमा चार, लम्बिनीमा दश, कणर्ाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गराइसकेका छन् । उक्त मन्त्रालयले बजेट प्रविष्ट गराएका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको बजेट विवरण प्रविष्ट गर्न निर्देशन गरिसकिएको प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो । नियमत स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ को उपदफा (६) मा नगर/गाउँसभाले असार मसान्तसम्म आगामी चालु आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । स्थानीय तहको सभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको विवरण अनिवार्यरुपमा उक्त मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेका पालिककालाई पत्राचार गरिसकिएको हो । — क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ट्रेण्डिङ इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो सबैको लघुवित्तको साधारणसभा ३ पुसमा कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त वरिष्ठ न्यायाधीशकै आधारमा संवैधानिक इजलास च्यासलमा अर्पण र मार्टन अनुबन्ध एमालेनिकट उद्योगी/व्यवसायीको राष्ट्रिय भेला भोलि, ओलीले उद्घाटन गर्ने इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो सबैको लघुवित्तको साधारणसभा ३ पुसमा कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त वरिष्ठ न्यायाधीशकै आधारमा संवैधानिक इजलास च्यासलमा अर्पण र मार्टन अनुबन्ध एमालेनिकट उद्योगी/व्यवसायीको राष्ट्रिय भेला भोलि, ओलीले उद्घाटन गर्ने