काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आव २०७८/७९ मा ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रहेको थियो ।
बैंकले सो अवधिमा खुद ब्याज आम्दानी ९ अर्ब ६७ करोड, कुल सञ्चालन आम्दानी ११ अर्ब २७ करोड, सञ्चालन नाफा ७ अर्ब १ करोड, कुल समग्र आम्दानी ३ अर्ब ८ करोड र वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड रहेको छ ।
यसैगरी २०७९ असार मसान्तमा निक्षेप २ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको तुलनामा बैङ्कको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ ।
आव २०७८/७९मा बंैकको पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५.८९ प्रतिशत, आधारदर ७.६३ प्रतिशत, ब्याजदर अन्तर ४.२९ प्रतिशत, कोषको लागतदर ६.०१ प्रतिशत तथा प्रतिसेयर आम्दानी ३४.९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात २ प्रतिशत रहेको छ ।