२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकृषि प्राविधिकसहित ४३ कर्मचारी माग

कृषि प्राविधिकसहित ४३ कर्मचारी माग


काठमाडौं, १२ साउन

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाइ सुर्खेतले कृषि प्राविधिकसहित ४३ जना कर्मचारी माग गरेको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको इकाइले बिहीवार सूचना प्रकाशित गरी कृषि प्राविधिक गरी विभिन्न १० पदमा दरखास्त खुलाएको हो । सूचनाअनुसार कृषि प्राविधिक पदमा ३३ जना कर्मचारीको माग गरिएको छ । यस्तै, सबइन्जिनियर पदमा दुई र अन्य आठ पदमा एक-एकजना कर्मचारी पदपूर्ति गरिनेछ ।

कार्यक्रमको वेबसाइट वा आवेदन व्यवस्थापन प्रणालीमार्फत यी पदहरूमा आवेदन दिन आवश्यक न्यूनतम शैक्षिक योग्यता र पाठ्यक्रमबारे जानकारी पाइने सूचनामा उल्लेख छ । दरखास्तको समय १६ साउनसम्म तोकिएको छ । योग्यताको पूर्वमूल्यांकन एवं प्रतियोगितात्मक परीक्षाबाट कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कृषि प्राविधिक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ