काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ६२।२७ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । बुधबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
सार्वजनिक गरेको बैंकको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ , ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ आर्जन मात्र भएको थियो ।
बैंकको गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी र संचालन नाफामा उछाल आउदा खुद नाफामा सुधार आएको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४।८६ प्रतिशतले बढरे ३ अर्ब ७५ करोड ७३ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५९ करोड ३७ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको विवरणमा उल्लेख छ ।
साथै समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १० प्रतिशतले बढेर ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष १।८६ प्रतिशतले घटेर ५ अर्ब ७६ करोड ३७ लाख १ हजार रुपैयाँ, निक्षेप संकलन ७।०३ प्रतिशतले बढेर ९३ अर्ब ७२ करोड १९ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका हुन ।
यस अवधिमा बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी ७ रुपैयाँ २५ पैसाले बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २।७३ प्रतिशतले बढेर १९२ रुपैयाँ पुगेको छ ।