२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्लोबल आइएमई लघुवित्तको नाफा १०.०५ प्रतिशतले विस्तार

ग्लोबल आइएमई लघुवित्तको नाफा १०.०५ प्रतिशतले विस्तार


काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १०.०५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा २५ दशलब३१ प्रतिशत र खुद ब्याज आम्दानी २६ दशमलब९३ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ । यसको खराब कर्जा २।६६५ बाट घटेर १ दशमलब ६४ प्रतिशत  पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ