२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन

आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन


काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार मंगलबार खुला हुन सकेन । स्पेसल प्रि–ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन नसकेको हो ।

यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुनसक्ने व्यवस्था छ । अब बुधबार कारोबार म्यच भएपछि मात्र यसको नियमित कारोबार खुल्नेछ । आदर्शको चुक्ता पुँजीका आधारमा कायम दुइृ लाख सात हजार कित्ता सेयर सोमबार सूचीकृत भएको हो ।

नेप्सेले आदर्शको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसाभित्र रहेर हुनेछ । एडीएलबी’ संकेतमा यसको सेयर कारोबार खुला हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ