२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशबुटवलका केही स्थानमा निषेधित क्षेत्र घोषणा

बुटवलका केही स्थानमा निषेधित क्षेत्र घोषणा


बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावको विरोधमा बुटवलमा भएका प्रदर्शनमा सरकारी सवारी तोडफोड, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेजस्ता गतिविधिहरू देखिएकाले शान्ति सुरक्षा बनाइराख्नका लागि हुन थालेपछि बुटवलका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले शनिबार एक विज्ञप्ति जारी गर्दै बुटवलका विभिन्न स्थानमा केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको बताइएको छ।

उक्त विज्ञप्तिमा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि बुटवलका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने जनाइएको छ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ