२०८१ कात्तिक २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठउर्जामाथिल्लो स्याङ्गेको परीक्षण पूरा

माथिल्लो स्याङ्गेको परीक्षण पूरा


 

लमजुङ – लमजुङमा निर्माण सम्पन्न भएको जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु हुने भएको छ । २.४ मेगावाटको माथिल्लो साङ्गे खोला जलविद्युत आयोजना अबको एक साताभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको हो । अप्पर साङ्गे हाइड्रो पावर कम्पनीले निर्माण सुरु गरेको ४ वर्षमा आयोजना निर्माण सम्पन्न गरेको हो ।

२०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको निर्माण सकिएर सिभिल संरचना तथा जडान भएका उपकरणहरूको परीक्षण सकिएको आयोजना इन्जिनियर जीवन केसीले बताए । उनका अनुसार आयोजनामा जडान भएको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल उपकरण ठिक छन् कि छैनन् भनी गरिएको परीक्षण सफल भएको छ ।

संरचना तथा उपकरणको परीक्षणको चरण पूरा भएकोले एक साताभित्र उत्पादन परीक्षण सुरु गरिनेछ । आयोजनाबाट २०७६ जेठभित्रनै विद्युत् उत्पादन सुरु गर्ने तालिका भए पनि विविध कारणले गर्दा ढिला भएको हो । आयोजना ४६ करोड १० लाख ८४ हजार रुपैयाँमा सम्पन्न भएको छ ।

आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दुरीमा रहेको खुदी सबस्टेसनमा जोडिनेछ । सबस्टेसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो । आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । हिउँदमा २.८६८ गिगावाट घन्टा र बर्खामा ११.७४८ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।


क्याटेगोरी : उर्जा, गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ