२०८१ मंसीर २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित


काठमाण्डौ – काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १÷१ जनाको मात्र उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध हुनुभएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार हुनुहुन्छ । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ