२०८१ असोज १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशमहालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बीच उद्यम गर्नेलाई सहुलियत कर्जा दिने सम्झौता

महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बीच उद्यम गर्नेलाई सहुलियत कर्जा दिने सम्झौता


काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका ललितपुर बीच सहुलियतपूणर् कर्जाका लागि सम्झौंता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरे।

यो सम्झौता पछि नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि नगरपालिकाले बैंकमा सिफारिस गर्ने छ । सोहीे उद्यमीहरुलाई बैंकले प्रक्रिया अनुसार सहुलियपूणर् कर्जा वितरण गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा बैंकका सिइओ श्रेष्ठले सहुलियतपूणर् कर्जा तिर्नुनपर्ने भन्ने भ्रम रहेकोले कार्यन्वनयमा चुनौति थपिएको बताए । नगर प्रमुख श्रेष्ठले यो कर्जाले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनीकरण हुने बताए।
बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने हेतुले बैंकले प्राथमिकताका साथ सहुलियतपूणर् कर्जा प्रवाह गरिरहेको बताए।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, बागमती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, नगरपालिकाकी उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम थापा, वडा अध्यक्षहरु, सदस्यहरु, स्थानीय वासिन्दा बेदबहादुर लावती, लुभु शाखाकी प्रबन्धक भावना फुँयाल लगायतको सहभागिता रहेको थियो।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ