२०८१ असोज १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशस्थानीय निर्वाचनको समय छोटिदै, विराटनगर वडा २ कमिटिको सक्रियता बढदै

स्थानीय निर्वाचनको समय छोटिदै, विराटनगर वडा २ कमिटिको सक्रियता बढदै


विराटनगर । स्थानीय तहको निर्वाचन नजिकदै जादा नेपाल कम्युनिष्ट पार्टी (एमाले)  विराटनगर महानगर वडा २ कमिटीले आफनो अभियानलाई तिब्रता दिएको छ ।

आज शनिबार वडा २ अन्तरगतका स्थानहरु कामत टोल, मेनरोड र पुर्व टोलमा एक कार्यक्रमको बीच कमिटी गठन भएको छ ।
स्थानीय निर्वाचन नजिकै जादा नेकपा एमाले बिराटनगर महानगर कमिटी वडा २ कमिटी निकै सक्रिय देखिन्छ ।

कार्यक्रमको अध्यक्षता वडा २ कमिटीका अध्यक्ष बिज्ञान शर्मा चापागाईले गर्नु भएको थियो । अध्यक्ष चापागाईले ‘नेकपा एमालेले चुनावलाई मात्र नभई जनताका हरेक समस्याको समाधानको साथी रहेको बताउदै यो अभियान व्यतिगत होइन ,सुर्य जिताउ अभियान भएकाले हाम्रो वडा २ सहित मुलुकका सबै स्थानीय निकायमा नेकपा एमालेले क्लिन स्विप गर्ने दाबी गरे’ ।

उक्त कार्यक्रमको प्रमुख वक्ता नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाले हालको मेयरले समग्र विराटनगरको योजनाबद्ध विकासमा ध्यान नदिएर कार्यकर्ता पाल्ने टुक्रे योजनामा मात्र लगानी गरेकाले आगामी चुनाव पछि नेकपा एमालेको नेतृत्वको स्थानीय सरकारले वडा २ को डुवानको सहितको जनताको हरेक समस्याको समाधान गर्ने गरि योजना ल्याउने बताए ।
कार्यक्रममा वडा २ का अध्यक्ष कुमार पोख्रेल, अरुण राठी, राजेस बगेडिया,संजय बरुवा, बिनोद बिक्रम शाह, खेम नेपाली, सोहन वीर पाण्डेको समेत उपस्थिति थियो ।


क्याटेगोरी : राजनीति, कोशी प्रदेश
ट्याग : #एमाले, #बिज्ञान शर्मा चापागाई, #विराटनगर महानगर, #स्थानीय तह निर्वाचन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ