२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिजसपाको सचिवालय बैठक जारी सरकार सहकार्यको बिषयमा छलफल हुने

जसपाको सचिवालय बैठक जारी सरकार सहकार्यको बिषयमा छलफल हुने


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को पार्टी कार्यालय बालकुमारीमा सचिवालय बैठक बसिरहेको छ । उक्त बैठकले सरकारमा जाने वा नजाने विषयमा छलफल गर्नेछ । यसअघि फागुन २६ गते बसेको जसपा पदाधिकारी बैठक कुनै निणर्य गर्न सकेको थिएन ।

 

सर्वोच्चले संसद् पुनर्स्थापना गरेपछि माओवादी केन्द्रले नयाँ गठन गर्ने जसपालाई सत्ता सहकार्यको प्रस्ताव गरेको छ । त्यस्तै नेकपा एमालेले पनि आफ्नो सरकार जोगाई राख्न जसपालाई सत्तामा आउन प्रस्ताव गरेको छ ।

जसपाले भने रेशम चौधरीलगायत आफ्ना पार्टीको नेता-कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग पूरा भए मात्रै सत्ता सहकार्य हुने बताएकाे छ ।

जसपा सचिवालय बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो रहेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #जसपा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ