गृहपृष्ठ ∕ राजनीति ∕ राप्रपाले गर्यो मध्यावधि निर्वाचनको आशंका राप्रपाले गर्यो मध्यावधि निर्वाचनको आशंका Karobarpati सोमबार, २०८१ जेठ १४ गते, १७:१८ मा प्रकाशित काठमाडौँ । राप्रपाले मध्यावधि निर्वाचनको आशंका गरेको छ । राप्रपाको केन्द्रीय समितिको बैठकका निर्णय सार्बजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले मध्यावधि निर्वाचन हुनसक्ने भन्दै त्यसका लागि कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । राप्रपाले यस अघि शुरु गरेको भूगोल केन्द्रित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष लिङदेनले बताए । साथै उनले आन्दोलनमा सहभागी नहुने नेता कार्यकर्तालाई पदबाट निकाल्नेसम्मको निर्णय बैठकले निर्णय गरेको बताए । साथै राप्रपाले सहकारी ठगि प्रकरणमा सरकारले प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । साथै राप्रपाले प्रतिपक्षको अवरोधका बीचमा संसद संचालन गरेकोप्रति भर्त्सना गरेको छ । साथै राप्रपाले आफ्नो संसद गीता बस्नेतलाई सहकारी ठगि प्रकरणमा कानुन अनुसार उपस्थित भएर सामना गर्न निर्देशन दिने निर्णय गरको छ भने त्यस्तै प्रकृतिका विषयमा मुछिएका सबैलाई कारवाहीको माग समेत गरेको अध्यक्ष लिङदेनले जानकारी दिएका छन् । त्यस्तै राप्रपाले गिरीबन्धु टी-स्टेट प्रकरणमा भएको नीतिगत भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ आज सेयर बजार राताम्यै ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान लोपेज र एफ्लेकको डिभोर्स हुदै टेलिकमका ग्राहकले सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा शूल्क नलाग्ने सुनको भाउ १ हजारले बढ्यो प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढ्यो प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले आज सेयर बजार राताम्यै ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान लोपेज र एफ्लेकको डिभोर्स हुदै टेलिकमका ग्राहकले सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा शूल्क नलाग्ने सुनको भाउ १ हजारले बढ्यो प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढ्यो प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले