२०८१ मंसीर २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक सेयर बोलकबोल खोलिने 

नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक सेयर बोलकबोल खोलिने 


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक समूहको शेयर बोलकबोल खोलिने भएको छ । ग्लोबल आइएमई क्यापिटलले एक सूचना जारी गर्दै बोलकबोल खोलिने जानकारी दिएको हो ।

यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ७ गतेदेखि  र एनआईसी एसिया बैंकले ८ गतेदेखि १६ गतेभित्र ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु  आज संस्थापक सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा बिहान १० बजेदेखि  भईरहेको छ ।

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर क्रमश रू. ७०० र ४५० मा विक्री गरिने सम्बन्धमा छलफल भईरहेको छ ।


क्याटेगोरी : पूँजी बजार, बीमा
ट्याग : #एनआइसी एसिया बैंक, #ग्लोबल आइएमई क्यापिटल, #नेपाल लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ