काठमाडौं । भदौ २३ देखि बढेको सेयर बजार एक सातापछि गिरावट आएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक र कारोबार रकम दुवै ओरालो लागेको हो ।
कारोबार रकम एक अर्ब ८० करोड रुपैयाँम घट्दा नेप्से परिसूचक ४.४७ प्रतिशतमा सीमित भएको छ । सोमबार ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
यस महिनाको तेस्रो हप्ताको मध्यबाट माथी लागेको नेप्से परिसूचक १५१० अंकसम्म पुगेपनि युवराज खतिवडा अर्थमन्त्रीबाट हटेपछि बजारमा उछाल आउने अनुमानविपरित भदौ १८(२२ बीचका सबै कारोबार दिनमा घटेर १४८८ विन्दुनजिक ओर्लिएको छ ।
अघिल्लो मंगलबारदेखि लगातार उकालो लागेको सेयर बजारको कारोबार सूची बोर्डमा आज रातो रंग देखिएको हो ।नेप्से मा कारोबार हुने होटल, जीवन बीमा र सामुहिक लगानी कोषबाहेक अन्य सबैको सूचक आज घटेको छ । विकास बैंक (१४.५५), ट्रेडिङ (१३.७५) र उत्पादन (१२.४६) समूह क्रमशः सूचक धेरै घट्नेमा रहेका छन् ।
नेपाल पुनर्बीमा कम्पनीको सेयर पछिल्लो केही दिनयता धेरै सेयर किनबेच भइरहेका बेला मंगलबार पनि सर्वाधिक रकमको किनबेच भएको छ । मंगलबार सबैभन्दा धेरैपटक (२६९१) कारोबार हुनेमा समेत रहेको यस कम्पनीको ११ करोड २२ लाख रुपैयाँ हाराहारीको सेयर खरिदबिक्री भएको हो ।
संख्याका आधारमा कुमारी बैंकको सेयर धेरै (३३४६५४ एकाइ) किनबेच भएको छ । प्रतिशत आम्दानीका दृष्टिले दिव्येश्वरी हाइड्रोपावर लिमिटेड (१०५), एनआरएन लघुवित्त (९.९२५), रिलायन्स लाइफ इन्योरेन्स (९.८६५) मंगलबारका सर्वाधिक कमाउने कम्पनी भएका हुन् ।
माउन्टेन हाइड्रो नेपाल, राधी विद्युत कम्पनी, गुर्खाज् फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य कारोबार भएका अन्य कम्पनीहरुको भन्दा धेरै प्रतिशतले घट्यो ।