काठमाडौं । लगातार उकालो लागेको नेप्से परिसूचक आज १६ अंकले घटेर ३१०७.४५ मा बन्द भएको छ ।
आज नेप्सेमा कूल २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर रु १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ मूल्यमा खरिद बिक्री भए ।
सेयर बजारमा बैंकिङ ०.१२ र विकास बैंक १०८.६९ बिन्दुले बढ्दा व्यापार ४५.२७, होटल तथा पर्यटन ४३.५८, जलविद्युत् ७६.२४, वित्त २२.८९, निर्जीवन बीमा ४९.९७, उत्पादन ९०.८२, अन्य १७.४१, लघुवित्त ३४.८२, जीवन बीमा ५३.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी १.६८ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको रु ६५ करोड ३० लाख ६१ हजार २९६ बराबरको कारोबार भयो भने अपि पावर कम्पनी रु ५८ करोड ४२ लाख ४७ हजार ८५७, अरुण भ्याली हाइड्रोपावर रु ४९ करोड १७ लाख ६० हजार ६०४, फस्ट माइक्रोफाइनान्स रु ३१ करोड ७३ लाख ६१ हजार ३०१ र अरुण काबेली पावर रु २८ करोड ६७ लाख ३४ हजार ४३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नेपाल फाइनान्स, कणर्ाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्त, युनिभर्सल पावर ६.७९, बरुण हाइड्रोपावर ५.३२, रिडी हाइड्रोपावर ५.१३, शिव श्री हाइड्रोपावर ५.०७ र युनाइटेड मोदीका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाए ।
—