काठमाडौं । आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३०७९.८३ अंकमा बन्द भएको छ ।
आज सेयर बजारमा २१७ कम्पनीको सेयर २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयामा खरिद बिक्रि भएको छ ।
आज नेप्सेमा विकास बैंक १.१ प्रतिशत र होटेल तथा पर्यटन १.१७ प्रतिशतले बढदा अरु सबै समहुको उपसुचक राताम्मै भयो ।
बैंकिङ०.४९ प्रतिशत,ट्रेटिङ १.११ प्रतिशत ,हाइड्रोपावर ०.८८ प्रतिशत,फाइन्स १.९६प्रतिशत, जीवनबिमा ०.४७ प्रतिशत, लघुवित्त ०.०९ प्रतिशत, उत्पादन ०.०८प्रतिशत, अन्य ०.५८ प्रतिशत,लगानी १.१९ प्रतिशतले घटे ।
त्यस्तै, आज रिडी हाइड्रोपावरको ९.९५ प्रतिशत, जीवन विकास लधुवित्त ८.२२ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.६५ प्रतिशतले बढेका छन् ।
आज कारोबार रकमको आधारमा गुड्विल फाइन्सको ३३ करोड ९२ लाख ५६ हजार, हिमालय डिस्टिलरीको २९ करोड ४४ लाख ३७ हजार, युनाइटेड मोडी हाइड्रोपावर लिमिटेडको २५ करोड ४३ लाख १५ हजार रुपैया बराबरको सेयर कोराबार भएको छ ।