काठमाडौं । मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) साउन २७ गतेदेखि निष्कासन गर्ने भएको छ ।
मानुषी लघुवित्तले कुल जारी पुँजीको ३६ प्रतिशतले हुन आउने गरी प्रतिकित्ता रु १०० अंकित मुल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
जसमा ०.५ प्रतिशत अर्थात ५ हजार ४ सय ६९ कित्ता कर्मचारीलाई र त्यस्तै ५ प्रतिशत अर्थात १९ हजार ६ सय ८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५ सय कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।
उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
लगानीकर्ताले छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओ सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्ने छन् ।
आईपीओ बाँडफाँडपश्चात मानुषी लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ हजार रुपैयाँ पुग्नेछ।