काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा २० लाखभन्दा बढीको आवेदन परेको छ परेको छ । यही असार १७ गते निष्काशन भएको आइपीओ आज बन्द भएको छ ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज साँझ ५ः३० बजेसम्म २० लाख २६ हजार २ सय ४५ जना आवेदकले रु २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
संस्थाले सर्वसाधारणका लागि ३ लाख ६३ हजार ४ सय ९२ कित्ता शेयर मात्रै बिक्री गरेको थियो । न्यूनतम १० कित्ता बाँडफाट गर्दा ३६ हजार ३४९ जनाले मात्रैेले शेयर पाउने छन् ।
हालसम्म प्राप्त तथ्याङ्क पूणर् नरहेकाले लघुवित्तको आईपीओ आवेदन गर्नेको सङ्ख्या अझै थप हुन सक्ने क्यापिटलले जनाएको छ ।
प्रतिकित्ता रु १०० अंकित दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको थियो जसमा १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता,कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेका ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
—