२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमुच्लुअल फण्डबाहेक आज सबै समुह रातै

मुच्लुअल फण्डबाहेक आज सबै समुह रातै


काठामाडौं । आज नेप्से परिसुचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा पुगेको छ।

सेयर बजारमा आज १३ अर्ब ९० करोड ९१ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज २१८ वटा कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयरको कारोबार भएको छ ।

बैंकिङ १.०१ , जलविद्युत ४.३१, निर्जीवन बीमा २.५७, लगनी समुह ०.९५ उत्पादन समुह ३.७९ पर्यटन ०.०२ विकास बैक १.५४ लघुवित्त ०.१९ जीवन विमा १.९३, फाइन्नस ०.७४ अंकले घटेका छन् भने आज मुच्लुअल फण्ड मात्र ०.२४ अंकले बढ्को छ ।

आज सबै भन्दा बढी राधी विधुत कम्पनीको सेयर प्रतिकित्ता ९.९८ प्रतिशत, सेन्ट्रल फाइन्नस ९.९१ प्रतिशतले दरले बढेको छ भने बरुण हाइड्रोपावरको सेयर प्रतिकित्ता ४.४७ प्रतिशत, नेयाल हाइड्रो डभलपर्सको ८.७२ र छाया्ङदी हाइड्रोपावरको प्रतिकित्ता ८.६८ प्रतिशले दरले घटेको छ ।

आज राधी विधुत कम्पनी सेयर सबैभन्दा धेरै ९१ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा पनि सोही कम्पनीका ११ लाख २ हजार ५११ कित्ता सेयर किनबेच भएका थिए। राधी विधुत कम्पनी कै  सेयर सबैभन्दा बढी ४ हजार ६३१ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ