२०८१ कात्तिक २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदाेस्रो दिन पनि नेप्सेमा नयाँ रेकर्ड

दाेस्रो दिन पनि नेप्सेमा नयाँ रेकर्ड

१३ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार


काठामाडौं । आज नेप्से परिसुचक ३.०७ अंकले बढेर २८२३.०७ विन्दुमा पुगेको छ।

साताको दोस्रो आज सामान्य वृद्धी हुदाँ हिजो कायम भएको उच्च रेकर्ड तोडिएसँगै परिसुचिक अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज २१६ वटा कम्पनीका २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयरको कारोबार भएको छ ।

बैंकिङ ०.२२ , जलविद्युत ०.१८, निर्जीवन बीमा १.३९, लगनी समुह १.३७ अंकले बढेका छन् भने उत्पादन समुह १.३७ पर्यटन ०.४९ विकास बैक ०.९६ लघुवित्त ०.१ जीवन विमा ०.३१ अंकले घटेका छन् ।

आज सबै भन्दा बढी बरुण हाइड्रोपावरको सेयर प्रतिकित्ता ९.९५ प्रतिशतका दरले बढेको छ भने एक्सल डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता ४.४७ प्रतिशतका दरले घटेको छ ।

हाइड्रोइलेक्ट्रसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर एक अर्ब २६ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सख्याको आधारमा पनि सोही कम्पनीका २१ लाख ९ हजार ९०७ कित्ता सेयर किनबेच भएका ८ । हाइड्रोइलेक्ट्रसिटीकै सेयर सबैभन्दा बढी ११ हजार ४ चार ९६ पटक किनबेच भएको छ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ