काठामाडौं । साताको पहिलो दिन आज नेप्से परिसुचक ३२.८१ अंकले बढेर २८२०.०० विन्दुमा पुगेको छ।
जेठ ४ गते नेप्से परिसूचक २७९३.८१ विन्दुमा पुगेर कायम भएको रेकर्ड आज तोडिएसँगै नेप्स परिसुचक अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो ।
सेयर बजारमा आज ११ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज २२० वटा कम्पनीका दुई करोड ४७ लाख ४६ हजार ९२० कित्ता सेयरको कारोबार भएको छ ।
आज विकास बैंक उपसूचक सर्वाधिक ७.५४ अंकले बढ्दा वित्त कम्पनी उपसूचक ६.७६ प्रतिशत, वाणिज्य बैंक उपसूचक १.८ र हाइड्रोपावर उपसूचक १.६ प्रतिशतले बढेका छ भने लघुवित्त उपसूचकमा ०.३८ प्रतिशतको गिरावट हुँदा होटेल तथा पर्यटन उपसूचकमा ०.०९ र निर्जीवन बिमा उपसूचकमा ०.०८ प्रतिशतले करेक्सन भएको छ ।
आज नेप्सेमा नेपाल पुनर्बिमा कम्पनीको ४१ करोड ८६ लाख ४५ हजारको कारोबार हुँदा नेशनल लाइफको ३७ करोड १४ लाख, ज्योति विकास बैंकको २३ करोड ७७ लाख ५ हजार र मेगा बैंकको २२ करोड, ४७ लाख ८३ हजार र गरिमा विकास बैंकको २२ करोड २४ लाख १८ हजारको कारोबार भएको छ ।
आज सेयर बजारमा मूल्य ओरालो लाग्नेमा भने लघुवित्त कम्पनी अगाडि देखिन्छन् । रुरु जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ३.७३ प्रतिशतले घटदा, समता घरेलु लघुवित्तको सेयर मूल्य ३.६८ प्रतिशत, गुरास लघुवित्तको २.३७ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य २.१७ प्रतिशतले घटेको छ ।
आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ४१ करोड ८६ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। ज्योति विकास बैंक लिमिटेडका ७ लाख ५२ हजार ५९६ कित्ता सेयर किनबेच भएकाे छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकासेयर सबैभन्दा बढी ३ हजार ३ सय ३ पटक खरिद-बिक्री भएको छ ।