२०८१ कात्तिक १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसर्वसाधारणका लागि हिमालयन रिइन्स्योरेन्सको आईपीओ आजबाट

सर्वसाधारणका लागि हिमालयन रिइन्स्योरेन्सको आईपीओ आजबाट


काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आज मंसिर २७ गते देखि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको निष्काशन गर्ने गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यदरले जारी गर्ने ३ करोड कित्ता साधारण सेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २०६ रुपैयाँ अंकितदरमा ६ अर्ब १८ करोड रुपैयाँको आईपीओ निष्काशन गरेको हो ।

जसमघ्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । त्यस्तै ५ प्रतिशत अर्थात १५ लाख कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयरमा सर्वसाधारणका लागि छुट्याइएको छ। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदनकर्ताले पुस १ गते सम्ममा आवेदन दिन सक्नेछन् । माग बमोजिम आवेदन नपरेमा आवेदन दिने समय पुस ११ गते सम्म रहेको छ ।सेयर निष्कासनका लागि हिमालयन रिइन्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल मार्केट लि रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : पूँजी बजार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ