२०८२ भदौ ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटनेपाल वेयरहाउजिङ कम्पनीले कात्तिक १० गतेबाट आईपीओ बिक्रि खुल्ला गर्ने

नेपाल वेयरहाउजिङ कम्पनीले कात्तिक १० गतेबाट आईपीओ बिक्रि खुल्ला गर्ने


काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले श्रम स्वीकृत गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि साधारण सेयर निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले असोज १० गते नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ कित्ता आईपीओ निष्कासन तथा विक्रि खुल्ला गर्ने अनुमति पाएको थियो ।

जसघ्ये ६८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र २७ हजार ५०० कित्ता सेयर कित्ता कम्पनीमा कार्यगत कर्मचारीहरुका लागि निष्काशन गर्नेछ ।

कम्पनीले सर्वधारण साधारणका लागि निष्काशन गरिने साधारण सेयर मघ्ये १० प्रतिशतले हुन आउने १ लाख ३७ हजार ५०० कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १० कित्ता देखि ५० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन ।

  आवदेनकर्ताले कात्तिक २४ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।


क्याटेगोरी : कर्पोरेट, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ