२०८१ मंसीर १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्से परिसुचक ३९.२३ अंकको गिरावट

नेप्से परिसुचक ३९.२३ अंकको गिरावट

चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले वृद्धि


काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार घटेको छ ।

नेप्से ३९.२३ अंकले घटेर परिसूचक २४१६ बिन्दुमा बन्द भएको छ ।२१२ कम्पनीको सेयर ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ १७.०३, विकास बैंक ३२.६८, जलविद्युत २०.३२, फाइनान्स १.३२, निर्जीवन बीमा १६७.८८, उत्पादन ८७.५८, अन्य ८४.३५, लघुवित्त ५६.४३ जीवन बीमा ४५२.५३ र लगानी समूह २.२६ अंकले घटेका छन्।

व्यापार समुह ३०६ अंक र होटल तथा पर्यटन समुह ३५ अंकले आज बढेका छन् ।

सेयर बजारमा चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले वृद्धिपछि कम्पनीको मूल्य ५५० रुपैयाँ कायम भएको छ। त्यसैगरी साल्ट टेट्रिङको मुल्य १० प्रतिशतले बढदा १० हजार २२२ रुपैयाँ कायम भयो ।

 

आज कारोबार रकमका आधारमा नेपाल टेलिकम प्रथमस्थानमा रहेको छ । यो कम्पनीको २९ करोड ९७ लाख रुपैयाँको कारोबार हुँदा एसियन लाईफ इन्स्योन्सको २८ करोडको सेयर खरिदबिक्रि भयो ।

एसियन लाईफ इन्स्योरेन्स कम्पनीको सेयर ६.३६ प्रतिशत,बरुण हाइड्रो पावरको ६.०६ प्रतिशत र नेपाल टेलिकमको ५.७४ प्रतिशतले घट्यो ।

 


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ