२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसिटिजन्स बैंकको रु ३ अर्बको ऋणपत्र बिक्री खुला

सिटिजन्स बैंकको रु ३ अर्बको ऋणपत्र बिक्री खुला


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आज असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ ।

बैंकले ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नामक ऋणपत्र बिक्री गरेको हो ।

बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ भने अवधि १० वर्ष रहेको छ ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने मध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।

बैंकले सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले प्रतिकित्ता १ हजार अंकित मूल्य दरले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूणर् कित्ताका लागि आवेदन दिन सक्ने छन् ।आवेदनकर्ताले ऋणपत्र छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

आवेदनकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

 


क्याटेगोरी : पूँजी बजार, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ