काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ ।
एनआईसी एशिया र एभरेष्ट बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असोज १६ गते) बुकक्लोज गर्ने भएसँगै नेप्सेले आज यी बैंकहरुको सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेमा एनआईसी एसिया बैंकको २९ प्रतिशत र एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो ।
समायोजनपछि एनआईसी एसियाको सेयर मूल्य ५९० रुपैयाँ ३१ पैसा कायम भएको छ भने एभरेष्ट बैंकको ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी बैंकको सेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिन अर्थात् आज सोमबार दोस्रो बजारमा एनआईसी एसियाको सेयर प्रतिकित्ता ७६१ रुपैयाँ ५० पैसा र एभरेष्ट बैंकको ५६६ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
मंगलबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।