२०८१ माघ ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने

आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने


काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओको  नतिजा हेर्नका लागि नयाँ वेबपोर्टल सञ्चालनमा ल्याएको छ ।

धितोपत्र बाँडफाँडको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएकाले आवेदनकर्ताको अत्यधिक चापका कारण वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np   बाट सरल रुपमा हेर्न मिल्नेछ ।

सीडीएससीले फागुन १३ गते आइपीओको नतिजा सम्बन्धित कम्पनी,बिक्री प्रबन्धक र मेरो सेयरको वेबसाइटमा मात्र राख्ने व्यवस्था मिलाइएको थियो तर फागुन १४ गते महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बाँडफाँडको नतिजा ती तिन कम्पनीका वेबसाइटले चाप थाम्न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन् ।

अनलाइन सञ्चारमाध्यमा आईपीओकोे नतिजा राख्दा आवेदनकताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो ।

महिला लघुवित्त र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिका वेबसाइटमा नतिजा राखिएकोमा नतिजा हेर्न अत्यधिक चापले काम नगरेपछि लगानीकर्ताको चाप मेरो शेयरमा परेको थियो । यसका कारण मेरो शेयरको अन्य सेवा शुक्रबार दिनभर जसो नै प्रभावित भएको थियो ।

हाल सञ्चालनमा ल्याइएको वेबसाइटमा सार्वजनिक निष्कासनको नतिजामात्र राखिने उक्त वेबसाइट सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्न सक्ने गरी उच्च क्षमतामा तयार गरिएको सिडिएससीले जनाएको छ ।

सो वेबपोर्टलमा कुनैपनि कम्पनीको सेयर निष्कासन पछी कम्पनीको सेयर बाँडफाँटको नतिजा सम्पन्न हुनेबित्तिकै हेर्न सक्नेछन् ।सो वेबसाइटमा फागुन १४ गते महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकोआईपीओको  नतिजा समेत अपलोड गरिएको छ ।

iporesult.cdsc.com.np   मार्फत लगानीकर्ताले आफ्नो नतिजा हेर्न सक्नेछन् ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ