काठमाडौं । साताको चौथो कारोबारको दिन आज सेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक २०.३१ अंकले बढेर २०२५.१२ अंकमा बन्द भएको छ ।
आज २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३.०९ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज कारोबार आएका मघ्ये ३४ कम्पनीको शेयरको मूल्य बढेको छ भने १८५ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, ६ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ ।आज १३ वटै उपसमूह राताम्मै भएको छ ।
बजारमा आज हिमालयन डस्टिलरीको सबै भन्दा बढी कारोबार भएको छ । यस कम्पनीको करोड ४१ रुपैयाँ बराबरको करोबार भएको छ। त्यस्तै, शिवम सिमेन्टको ७ करोड १४ लाख रुपैयाँ, आइएमई लाइफको ५ करोड ९६ लाख,सोल्टी होटलको सेयर ५ करोड ९४ लाख रुपैयाँ र घोराही सिमेन्टको ४ करोड ९० लाख रुपैयाँमा खरिद बिक्रि भएको छ ।
आज बजारमा सनराइज फोक्सड इक्वीटी फण्ड ४ प्रतिशत, बालेफि हाइड्रोपावरको ३.९९ प्रतिशत र ३.७७ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको ८.०६ प्रतिशत,स्वेता गंगा हाइड्रोपावरको ८.०३ प्रतिशत र धौलागिरी लघुवित्तको ७.८९ प्रतिशतले सेयरको मूल्य घटेको छ ।