काठमाडौं — आज नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ अंकमा बन्द भएको छ ।
कारोबारको तेस्रो दिन आज २७८ वटा कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९.५१ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा आएका मघ्ये २० वटा कम्पनीको सेयरको मूल्य बढेको छ भने २०१ वटा कम्पनीको घटेको छ । त्यस्तै ४ वटा कम्पनीको सेयरको मूल्य स्थिर भएको छ ।
कारोवारको आधारमा आज हिमालयन डिस्टिलरीको सबैभन्दा वढी कारोबार भएको छ । यस कम्पनीको २० करोड ५५ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । त्यस्तै, शिवम सिमेन्टको १८ करोड ५ लाख रुपैयाँ, सोल्टी होटलको ७ करोड ६२ लाख रुपैयाँ, आईएमइ लाइफको ५ करोड ७७ लाख रुपैयाँ र एभरेष्ट बैकंको ५ करोड १८ लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।
आजको दिन इमर्जिङ कम्पनीको ५.१८ प्रतिशत, नेपाल बैकं डिभेन्चर २०८७ को ३.८७ प्रतिशत र सिकलेस हाइड्रोपावरको ३.८५ प्रतिशतले वढेको छ भने हिमालयन डिस्टिलरीको ७.६९ प्रतिशत, थ्रिस्टारको हाईड्रोपावरको ६.९४ प्रतिशत र मोलुुङ हाईड्रोपावरको ६.२५ प्रतिशतले सेयरको मूल्य घटेको छ ।
आजको दिन १२ वटा उपसमूूह राताम्मै भएको छ भने १ वटा उपसमूहमा हरियाली छाएको छ ।