२०८२ वैशाख २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारदोहोरो अंक बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब माथी

दोहोरो अंक बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब माथी


काठमाडौं । साताको पहिलो कारोबारको दिन आज सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ अंकमा बन्द भएको छ ।

आज २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२.२६ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज कारोबार आएका मघ्ये १०० कम्पनीको शेयरको मूल्य बढेको छ भने ११७ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, ५ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ ।आज ९ वटा उपसमूह राताम्मै भएको छ भने ९ वटा उपसमुहमा हरियाली छाएको छ ।

बजारमा आज नेपाल इन्स्योरेन्सकाे संस्थापक सेयरको सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ५८ करोड ४५ लाख ६१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। त्यस्तै घोराही सिमेन्टको २३ करोड १५ लाख ६८ हजार रुपैयाँ, सोल्टी होटलको सेयर १४ करोड ५२ लाख ९९ हजार रुपैयाँ र माउन्टेन इनजीको ११ करोड ७३ लाख २० हजार रुपैयाँ र आईएमइ लाइफ इन्योरेन्सको १० करोड ६१ लाख ९५ हजार रुपैयाँमा खरिद बिक्रि भएको छ ।

आजको दिन थ्रीस्टार हाइड्रोपावरको सेयरको मुल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ । त्यस्तै अप्पर स्याङ्गे हाइड्रोपावरको ९.९८ प्रतिशत र माउन्टेन्न इनर्जीको ९.७४ प्रतिशतले बढेको छ भने घोराही सिमेन्टको ९.९९ प्रतिशत, अभियान लघुवित्तको ७.१८ प्रतिशत र सिगटी हाइड्रोपावरको ६.५५ प्रतिशतले सेयरको मूल्यमा गिरावट आएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ