२०८२ वैशाख ३०, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारउच्च अंकले घट्यो नेप्से परिसुचक

उच्च अंकले घट्यो नेप्से परिसुचक


काठमाडौं । आज नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा बन्द भएको छ ।

आज २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४.५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार आएका मघ्ये १८ कम्पनीको शेयरको मूल्य बढेको छ भने १९७ कम्पनीकोे शेयरको मूल्य घटेको छ । त्यस्तै, २ वटा कम्पनीको शेयरको मूल्य स्थिर रहेको छ । साताको पहिलो कारोबारको दिन आज १३ वटै उपसमूह राताम्मै भएको छ ।

बजारमा आज सानिमा बैंकको सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १२ करोड ६९ लाख ८२ हजार रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, एभरेष्ट बैंकको १२ करोड २१ लाख २४ हजार रुपैयाँ, एनआईसीएशिया बैंकको ११ करोड १२ लाख ८८ हजार रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ८८ लाख ७ हजार रुपैयाँ र ग्लोबल आईएमइ बैंकको ८ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज आईएमई लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ९.९८ प्रतिशत,कृषि विकास बैंकको ६.७३ प्रतिशतले बढेको छ भने प्रोग्रशिव फाइनान्सको ९.५९ प्रतिशत, अभियान लघुवित्तको ८.०४ प्रतिशत र सपोर्ट लघुवित्तको ७.१४ प्रतिशतले घटेको छ


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ