काठमाडौं । लगातार राताम्मै भएको सेयर बजारमा आज भने हरियाली छाएको छ । आजको दिन नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.२८ विन्दुमा बन्द भएको छ ।
आज २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर १ अर्ब ८५ करोड ८ लाख २ हजार १७५.७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार आएका मघ्ये १११ कम्पनीको शेयरकाे मूल्य बढेको छ भने ९९ कम्पनीकोे शेयरकाे मूल्य घटेको छ । त्यस्तै, ७ वटा कम्पनीको शेयरकाे मूल्य स्थिर रहेको छ ।
बजारमा आज शिवम सिमेन्टको सबभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ८ करोड ८ लाख ८६ हजार रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, सोल्टी होटलको ५ करोड ४७ लाख ६० हजार रुपैयाँ, एसियन लाईफ इन्स्योरेन्सको ४ करोड ९१ लाख ९० हजार रुपैयाँ, हिमालयन लाईफ इन्स्योरेन्सको ४ करोड ६१ लाख ३३ हजार रुपैयाँ र एनआइसी एसिया बैंकको ४ करोड ३ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । छ ।
आजको दिन सनराइज ब्लुचिप फण्डको ७.१० प्रतिशत, बालेफि हाइड्रोपावरको ५.७९ प्रतिशत र एनआईसी एशिया फिक्स क्याप फण्डको ३.७१ प्रतिशतले बढेको छ भने वीन नेपाल लघुवित्तको ४.३१ प्रतिशत, ग्लोबल आईएमई बैंक लि डिबेन्चर २०८६/८७को ४.३१ प्रतिशत र एशियन हाइड्रोपावरको ३.७४ प्रतिशतले घटेको छ ।
साताको दाेस्राे कारोबारको दिन ३ वटा उपसमूह राताम्मै भएको छ भने ३ वटामा हरियाली छाएको छ ।