गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ अपांगता संरक्षण नेपालको सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम अपांगता संरक्षण नेपालको सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम Karobarpati आईतबार, २०८० साउन १४ गते, १६:२२ मा प्रकाशित काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा शेयर बजार सचेतना एवं वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । अपांगता संरक्षण नेपाल अन्तर्गत रहेका सदस्यहरुमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुआती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो । कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटल लिमिटेडको मार्केटिंग एसोसिएट् विनय अधिकारीले गरेका थिए । कार्यक्रम पुँजीबजारमा सुरुआती प्रवेश के-कसरी गर्ने ? मेरो सेयर के-कसरी चलाउने ? सेयरबजारसम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम संचालन गरिएको हो । शारीरिक तथा मानसिक कमी-कमजोरी भई अपांगता भएका “क” तथा “ख” वर्गका अपांगता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत डिम्याट तथा मेरो सेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निःशुल्क पाउने व्यवस्था रहेको समेत उनले जानकारी दिए । प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा सेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । क्याटेगोरी : पूँजी बजार ट्याग : #प्रभु क्यापिटल लिमिटेड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ट्रेण्डिङ श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो