काठमाडौं – अपी पावर कम्पनीले आफ्ना सेयरधनीहरुको लागि हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले साउन ३१ गतेदेखि हाल कायम चुक्ता पूँजी ४ खर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता सेयर (१स् ०.४०) को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले रु.१०० अंकितदरले १ करोड ६५ लाख ३३ हजार १३७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने लागेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले २२ असारमा बुक क्लोज गर्दै छ । यसअनुसार २१ असारसम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
कम्पनीको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रदमा अपी पावर कम्पनीको कार्यालय, मुक्तिनाथ क्यापिटको कार्यालय,तथा मुक्तिनाथ विकास बैंकले तोकेको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।